टुकी र मैनबत्तीको बस्तीमा पहिलोपटक बिजुली

मकवानपुर : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ को देउजर र गढनसिर बस्तीमा मंगलबार बत्ती बल्दा स्थानीयको अनुहारमा वर्षौँदेखिको प्रतीक्षाको खुसी झल्किएको थियो। कहिल्यै नबलेको उज्यालो पहिलो पटक घर-घरमा पुगेपछि टुकी र मैनबत्तीको भरमा बित्दै आएको उनीहरूको दैनिकीले नयाँ मोड लिएको छ।

गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर राखिएको पोलमा रिबन काटेर बत्ती बाल्दै गाउँमा बिजुलीको शुभारम्भ गरे। पालिकाले विपन्न समुदाय र विकट क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्दै आएको उनले बताए। ‘यी दुई गाउँका प्रत्येक घरमा जस्ता छाउनेदेखि सडक सुविधा र आधारभूत सेवा विस्तारको काम हामीले गरेका छौँ,’ उनले भने, ‘अँध्यारोबाट उज्यालोतर्फको यो यात्रा देउजर र गढनसिरका लागि केवल बत्ती मात्र आएको होइन, धेरै सम्भावनाको ढोका पनि खुलेको छ।’

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले विद्युत् पुगेपछि शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। बागमती गाउँपालिकाको कार्यालय झुरझुरेबाट करिब १७ किलोमिटर दक्षिण, रौतहटको चन्द्रनिगाहपुरसँग सिमाना जोडिएको यी दुई गाउँमा गत वर्षको वैशाखमै विद्युत् विस्तार सम्पन्न गर्ने गाउँपालिकाले लक्ष्य राखेको थियो। तर, भौगोलिक कठिनाइ र पहुँच अभावका कारण योजना एक वर्ष ढिलो गरी यस वर्ष मात्रै पूरा भएको हो। हेर्नुहोस् पुरा समाचार– https://annapurnapost.com/story/493200/

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top