बाजेदेखि नाती पुस्तालाई सपना देखाएको निर्वाचन

मकवानपुर : बिहीबार बिहान ७ बजेअघि नै मतदान केन्द्रमा आइपुगेका ८६ वर्षीय सन्तबहादुर चेपाङ ढाडको समस्याले गर्दा राम्ररी हिँडडुल गर्न सक्दैनन्। मकवानपुरको विकट कैलाश गाउँपालिका-२ स्थित कमलादेवी मावि मतदान केन्द्रमा पहिलो मत खसालेका चेपाङको ओठमा आँसु भए पनि शरीर रोइरहेको छ, मनभरी पिरै पिरको भारी छ।

ढाडको समस्याले थलिँएर एक महिना हेटौँडाका अस्पतालहरू धाएका उनको आर्थिक अभावमा उपचार पूरा भएन। उनलाई उपचार पूरा नहुँदै आर्थिक अभावमा अस्पतालले डिस्चार्ज गरिदियो। जीवनमा कति पटक मतदान गरियो, चेपाङले बिर्सिसकेका छन्।

राजादेखि गणतान्त्रिक व्यवस्थाका सबै मतदानमा भाग लिएका ८८ वर्षीय भीमबहादुर गुरुङ पनि मुस्किलले मतदान केन्द्रमा आइपुगे। कुप्रो शरीर, हिँडडुलमा समस्या, तर अझै पनि देश बन्ने आशामा उनी छोराको सहारामा मतदान गर्न आइपुगे। ३० वर्षको युवा उमेरदेखि विभिन्न निर्वाचनमा मत दिएका गुरुङ र चेपाङले युवा हुँदा देखेको सपना अझै पूरा भएको छैन। सपना पूरा हुने आशामा ८० पार गरेका वृद्धहरू अझै पनि मतदानमा सहभागी भइरहेका छन्। उमेरसँगै उनीहरूले देखेको सपना पनि वृद्ध हुन थालेका छन्। हेर्नुहोस् पुरा समाचार– https://annapurnapost.com/story/495252/

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top