हेटौँडाः नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । पटक–पटक मिति तोकिएर पनि सर्दै आएको निर्वाचन कार्यक्रम अन्ततः शुक्रबार सम्पन्न भएको हो । शुक्रबार सम्पन्न निर्वाचनबाट बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका कृष्ण सारु मगर निर्वाचित हुनुभएको छ । कृष्ण सारु मगरले नुवाकोटका शिव देवकोटालाई पराजित गर्नुभएको हो । यसअघि २ कार्यकाल महासचिवको जिम्मेवारी सम्हाल्नु भएका कृष्णले वर्तमान अध्यक्ष शिवलाई पराजित गर्नुभएको हो ।
पुरा समाचार पढ्नुहोस्– https://samriddhasamaj.com/archives/69846